काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले लोकतन्त्रको स्थायित्वका लागि स्वच्छ र भयरहित निर्वाचन आवश्यक रहेको बताएका छन् । बुधबार आयोजित ‘लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन र सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष मगरले निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयमुक्त हुनुपर्नेमा जोड दिए । उनले भने, ‘निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित हुनुपर्छ । मतदाताले…