काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो सैन्य तनाव र विशेष गरी इरान केन्द्रित अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । (रास्वपा)ले शनिबार एक विज्ञप्ति जारी गर्दै संवेदनशील परिस्थितिमा इरान तथा इजरायल लगायत युएई, कतार, बहराइनमा कार्यरत नेपाली नागरिकको सुरक्षालाई ध्यानमा राख्दै नेपाल सरकारलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । ‘मध्यपूर्वमा…