सुर्खेत । हुम्लाबाट बिरामी बोकेर काठमाडौका लागि उडेको प्रभु हेलिकप्टर दैलेखको तल्लो डुंगेश्वरमा अवतरण गरेको छ । एनजि–एएनएल कल साइनको हेलिकप्टर खराव मौषमका कारण दैलेखको गुराँस गाउँपालिका–२ तल्लो डुंगेश्वरमा अवतरण गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर सुनारले जानकारी दिए । हुम्लाको हिल्साबाट विरामी लिएर काठमाडौंका लागि उडेको हेलिकप्टर बाक्लो कुहिरोका कारण…