गण्डकी । लमजुङको मध्यनेपाल नगरपालिका–७ भाटवेशीमा पहिराेमा परेर बाबु-छोरीको मृत्यु भएको छ । आज बिहान गएको पहिरोले घर भत्काउँदा पुरिएर ५९ वर्षीय टिकबहादुर विक र उनकी कान्छी छोरी विनिता विकको मृत्यु भएको इलाका प्रहरी कार्यालय, भोर्लेटारले जनाएकाे छ । घटनामा विककी श्रीमती सुकमाया र जेठी छोरी अस्मिता घाइते भएको र उनीहरुलाई उद्धार गरी उपचारका लागि…