Logo

Breaking News 1

सरकारद्धारा बजेट प्रस्तुत, कृषि र उत्पादनलाई प्राथमिकता



काठमाडौं । आज सरकारले आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गरेको छ । सरकारले आगामी बजेटबाट आधारभूत कृषि उपज आयातलाई घटाउने नीति लाई प्राथमिकता दिएको छ ।

आइतबार संसदमा आर्थिक वर्ष २०७९/०८०को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जर्नादन शर्माले धान, मकै ,गहुँ र तरकारीको आयात ३० प्रतिशतले घटाइने बताए ।
सरकारलो भूमिहीन दलितलाई आगामी तीन वर्षभित्र आवास उपलब्ध गराउने लक्ष्य अघि सारेको छ ।
अर्थमन्त्री शर्माले वार्षिक ८ लाख नागरिकलाई निरपेक्ष गरिबीबाट माथि उकास्ने पनि बजेट भाषणमार्फत सार्वजनिक गरेका छन् ।

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतबार  ४ : ३५ बजे