काठमाडौं । शुक्रबार राति गएको पहिरोले घर र गोठ पुर्दा बेपत्ता भएका पाँचथरका एकै परिवारका ३ जनामध्ये दुई जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार फालेलुङ गाउँपालिका-७ बिदिनमा स्थानीय ७१ वर्षिय दलप्रसाद मगरको घर पहिरोले बगाउँदा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा दलप्रसादका ४२ वर्षीय छोरा रूपलाल मगर र…