Logo

मुख्य समाचार

जसपाले सरकारबाट आफ्ना सबै मन्त्रीलाई फिर्ता बोलायो



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले आफ्ना सबै मन्त्रीलाई फिर्ता बोलाएको छ ।

जसपाले पनि सरकारमा सहभागी मन्त्रीहरु परिवर्तन गर्न तयारी गरेको छ । नयाँ मन्त्रीहरु क कसलाई बनाउने भन्ने भने टुंगो लागिनसकेको बुझिएको छ ।

जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव, वन मन्त्री रामसहायप्रसाद यादव र कृषि तथा पशुपंक्षि विकास मन्त्री महिन्द्र राय यादव मन्त्री रहेका छन् ।

यसअघि नेकपा एकीकृत समाजवादी पार्टीले आफ्ना मन्त्रीहरु परिवर्तन गरिसकेको छ ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  १० : ०० बजे