Logo

मुख्य समाचार

पाँचथर पहिरो: दुई जनाको शव फेला (अपडेट)



काठमाडौं । शुक्रबार राति गएको पहिरोले घर र गोठ पुर्दा बेपत्ता भएका पाँचथरका एकै परिवारका ३ जनामध्ये दुई जनाको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार फालेलुङ गाउँपालिका-७ बिदिनमा स्थानीय ७१ वर्षिय दलप्रसाद मगरको घर पहिरोले बगाउँदा दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा दलप्रसादका ४२ वर्षीय छोरा रूपलाल मगर र बुहारी गोमा मगर रहेका छन् भने भतिजी एलिसा मगर अझै बेपत्ता छिन् । बेपत्ता एलिसाको खोजी जारी रहेको छ ।

दलप्रसादलाई पनि पहिरोले बगाएकोमा सकुशल उद्दार गरिएको हो ।

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  ९ : ३९ बजे