Logo

मुख्य समाचार

अध्यक्ष प्रचण्ड र राजेश हमालबीच भेटवार्ता, के भयो कुराकानी ?



काठमाडौं । नेकपा माओवादी केन्दका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महानायक राजेश हमालबीच भेटवार्ता भएको छ ।

महानायक हमाल प्रचण्डलाई भेट्न शुक्रबार बिहान खुमलटार पुगेका थिए । प्रचण्ड र हमालबीच वर्तमान राजनीतिक अवस्था, चलचित्र क्षेत्र र विभिन्न समसामायिक विषयवस्तुमा छलफल भएको बताइएको छ ।

सुरुवातमा संगीतकार चेतन सापकोटा र प्रचण्डपुत्री गंगा दाहाल पनि भेटवार्तामा सहभागी थिए । पछि सापकोटा र गंगा निस्केर प्रचण्ड र हमालबीच वान टु वान कुराकानी भएको थियो । वान टु वान वार्तामा के कुराकानी भयो भन्ने खुलाइएको छैन ।

चलचित्र विकास बोर्डको अध्यक्षका लागि चलचित्रकर्मीहरुको दौडधुप चलिरहेका बेलामा प्रचण्ड र हमालबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  १० : ४९ बजे