काठमाडौं । रष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो दलका कारण मिटरव्याजसम्बन्धी अध्यादेश निश्क्रिय नबनेको दाबी गरेका छन् । पार्टीको प्रदेश समितिले रुपन्देहीको भैरहवामा गरेको कार्यक्रममा उनले सरकार आफैले अन्तिम समयमा अध्यादेश संसदमा ल्याएका कारण निश्क्रिय बनेको बताए । ‘जुन दिन पास नभए त्यो जिरोमा जान्छ, त्यही दिन लगेर सरकारले गर्न खोजेको के हो ?…