Logo

मुख्य समाचार

‘गरिब होइन, गरिबी हटाऊ’ भन्दै मेयर उपमेयरविरुद्ध प्रदर्शन



काठमाडौं । आफूहरुलाई गरिखान दिनुपर्ने माग गर्दै फुटपाथ व्यवसायीले काठमाडौं महानगरपालिकाको कार्यालयबाहिर प्रदर्शन गरेका छन् ।उनीहरूले ‘गरिबको चमेली बोल्दिने कोही छैन’ भन्ने नाराका साथ मेयर-उपमेयरको कार्यालय रहेको राष्ट्रिय सभागृह अगाडि प्रदर्शन गरेका हुन् ।

उनीहरुले सडक व्यवसायीलाई पुनस्र्थापना गर्नुपर्ने, गरिबलाई काम गर्न दिनुपर्ने, गरिब होइन गरिबी हटाऊलगायतका नारा लेखेलेको प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।

प्रदर्शनमा सहभागी एक फुटपाथ व्यवसायीले आफूहरूलाई व्यवसाय गर्ने ठाउँ महानगरपालिकाले तोकिदिनुपर्ने माग समेत गरेका छन्। उनीहरूले ‘गरिब होइन, गरिबी हटाऊ’ भन्दै आफूहरूको सुरक्षाको माग गरेका हुन् ।

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार  ६ : ५९ बजे