Logo

मुख्य समाचार

माओवादी पदाधिकारी बैठकमा राजनीतिक प्रतिवेदनबारे छलफल सुरु



काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीको केन्द्रीय समिति बैठकमा पेश हुने राजनीतिक प्रतिवेदनमा पदाधिकारी तहमा छलफल शुरु गरेको छ । वर्ष दिनपछि साउन १७ गतेबाट काठमाडौंको प्रज्ञाभवनमा बस्ने केन्द्रीय कमिटिको बैठकमा पेश हुने राजनीतिक प्रतिवेदनमा छलफल शुरु भएको हो ।

केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पेश गर्ने राजनीतिक प्रतिवेदनको तयारीका बारेमा छलफल गर्नका लागि शनिबारदेखि पदाधिकारी बैठकमा छलफल थालेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी पदाधिकारी बैठकमा केन्द्रीय समिति बैठकमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदनमाथि छलफल सुरु भएको हो ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल इटाली जानु अघि नै बसेको माओवादी पदाधिकारी बैठकले आसन्न केन्द्रीय समिति बैठकमा प्रस्तुत हुने राजनीतिक तथा सांगठानिक प्रतिवेदनको मस्यौदा तयार पार्ने जिम्मेवारी पार्टीको संगठन विभाग र उपाध्यक्षहरुलाई दिएको थियो ।

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार  ८ : ५६ बजे