Logo

मुख्य समाचार

जमेको पानीमा डुबेर १३ वर्षीया किशोरीको मृत्यु



सर्लाही । सर्लाहीको गोडैतामा सडक बाटो बनाउन खनिएको खाल्डोमा जमेको पानीमा डुबेर शनिबार एक किशोरीको मृत्यु भएको छ । गोडैता नगरपालिका–१० बस्ने रामप्रवेश महतोको १३ वर्षीया छोरी नेहाको खाल्डोमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरबाट सय मिटर दूरीमा रहेको खाल्डोमा जमेको पानीमा घोघीं टिप्न जाँदा खुट्टा चिप्लिएर उनी पानीमा डुबेकी र उपचारका लागि प्रादेशिक अस्पतालमा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार  ६ : ५१ बजे