रामेछाप । नेपालीहरूको महान् चाड दशैँ नजिकिएसँगै रामेछापको मन्थली बजारमा सामान किन्ने मानिसहरूको चहलपहल बढेको छ । मन्थली बजारमा कपडा तथा उपभोग्य सामाग्री किन्ने मानिसहरूको भिड बढेको छ । अहिले मन्थली बजारका व्यवसायीहरूलाई सामान बेच्न भ्याई नभ्याई छ भने उपभोक्ताहरू पनि सामान किन्ने चटारोमा देखिन्छन् । यसैगरी काठमाडौं लगायत सहरहरूमा कामको सिलसिलामा बसेकाहरू घर फर्कने…