Logo

Breaking News 1

रास्वपा सभापति रवि लामिछानेले बोलाए सर्वदलीय बैठक



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक आज बस्दै छ । बैठक सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा बिहान ९ बजे बस्नेछ । 

बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूबाट पार्टी अध्यक्ष/सभापतिसहित दुईजनालाई सहभागिताका लागि आग्रह गरिएको छ । 

सर्वदलीय बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न आह्वान गरिएको रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् । 

प्रकाशित मिति : २५ जेष्ठ २०८३, सोमबार  ६ : ३४ बजे