देवदह । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देहीको सभापतिमा महेन्द्रप्रसाद उपाध्याय निर्वाचित भएका छन् । आइतबार तिलोत्तमा नगरपालिका–५ स्थित मणिग्राममा सम्पन्न अधिवेशनबाट प्रतिस्पर्धी आशिष न्यौपानेलाई एक सय ५३ मतान्तरले पराजित गर्दै उपाध्याय निर्वाचित हुनुभएको हो । उपाध्यायले दुई सय ९६ र न्यौपानेले एक सय ४३ मत प्राप्त गरेका छन् ।
यस्तै, जिल्ला उपसभापतिमा दुर्गाप्रसाद अर्याल विजयी भएका छन् । अर्यालले दुई सय ३८ र प्रतिस्पर्धी रचना क्षेत्रीले एक सय ८९ मत प्राप्त गरे । सचिवमा ज्ञानेन्द्र पाण्डे दुई सय ३७ मतसहित विजयी हुँदा प्रतिस्पर्धी मोहनविक्रम जिसीले दुई सय तीन मत प्राप्त गरे ।








प्रतिक्रिया