काठमाडौं । नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशन अन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि मतदान भइरहेको छ । यसैबीच, सभापतिका उम्मेदवार प्रकाशमान सिंह र शेखर कोइरालाले पनि मतदान गरेका छन् । सभापतिका अर्का प्रत्यासी वर्तमान सभापति शेरबहादुर देउवाले सिंह र कोइराला भन्दा अगाडि नै मतदान गरेका थिए । सिंहले बागमती केन्द्रको बुथबाट मतदान गरेका हुन् भने…