Logo

मुख्य समाचार

बालुवाटारमा बंकरसहित निर्माण गरिएको प्रधानमन्त्री निवासको आज वास्तु पूजा



काठमाडौं । बालुवाटारमा बंकरसहित निर्माण गरिएको प्रधानमन्त्री निवासको आज वास्तु पूजा गरिँदैछ । उक्त प्रधानमन्त्री निवास ४० करोड खर्चेर बनाइएको हो ।

नवनिर्मित भवनमा वास्तु पूजा गरिसकेपछि प्रधानमन्त्री सर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । एक रोपनी जग्गामा बनाइएको एउटा भवन प्रधानमन्त्रीले प्रयोग गर्ने छन् ।

प्रधानमन्त्रीका लागि बनाइएको भवन बंकरसहितको विशेष सुरक्षा प्रवन्धयुक्त छ । यो भवनको पहिलो तलामा मुख्य शयन कक्ष, परिवारका सदस्यका लागि अर्को शयन कक्ष, पारिवारिक कोठा, प्रधानमन्त्रीको अध्ययन कोठा, पूजा कोठा, होम थिएटर, लबी, जिम हल, बाल्कोनी लगायत छन् ।

दोस्रो तलामा अति विशिष्ट पाहुनाका लागि तीन वटा कोठा, विशिष्ट पाहुनाको सुरक्षाका लागि सुरक्षाकर्मी बस्ने कोठा, पाहुनाको सहयोगीका लागि कोठा, डाइनिङ, किचन र लबि लगायतका कोठाहरु छन् ।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  ६ : ०० बजे