Logo

मुख्य समाचार

सभापतिका उम्मेदवार प्रकाशमान र शेखरले पनि गरे मतदान



काठमाडौं । नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशन अन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि मतदान भइरहेको छ ।

यसैबीच, सभापतिका उम्मेदवार प्रकाशमान सिंह र शेखर कोइरालाले पनि मतदान गरेका छन् । सभापतिका अर्का प्रत्यासी वर्तमान सभापति शेरबहादुर देउवाले सिंह र कोइराला भन्दा अगाडि नै मतदान गरेका थिए ।

सिंहले बागमती केन्द्रको बुथबाट मतदान गरेका हुन् भने कोइरालाले प्रदेश नम्बर १ को बुथबाट मतदान गरेका हुन् ।

राष्ट्रियसभा गृह, भृकुटीमण्डप र प्रहरी क्लब गरि तीन स्थानमा मतदानस्थल तोकिएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  ८ : २३ बजे