Logo

मुख्य समाचार

दाङ जिप दुर्घटना : मृत्यु हुनेको सङ्ख्या ४ पुग्यो



दाङ : तुलसीपुरबाट सल्यान कपुरकोट आउँदै गरेको जिप दुर्घटनामा परि मृत्यु हुनेको सङ्ख्या ४ पुगेको छ । उपचारका लागि नेपालगन्ज रिफर भएका कपुरकोट गाउँपालिका –३ निवासी ५२ वर्षका चन्द्र बहादुर खड्काको आइतबार राती ८ बजे मृत्यु भएपछि मृतकको सङ्ख्या ४ पुगेको हो ।

यस अघि दुर्घटनामा परी परेर कपुरकोट –३ बस्ने ४८ वर्षीय प्रेम प्रकाश शर्मा, कपुरकोट – ४ की सौनी घर्ति र लालमती खड्काको मृत्यु भएको थियो ।घाइते मध्य १० जनालाई तुलसीपुरमा सामान्य उपचारपछि नेपालगन्ज रिफर गरिएकोमा खड्काको नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते ९ थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ भने ३ जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भई रहेको छ ।

जिप दुर्घटनामा परी घाइते हुनेमा कपुरकोट गाउँपालिका – ३ बस्ने वर्ष ४५ का देवा चापागाईँ, २७ वर्षीय भुप बहादुर थापा, २२ धर्म थापा, सोही गाउँपालिका –४ किमिरेचौर बस्ने ३६ वर्षीय डम्बर बहादुर बुढाथोकी, वडा न १ की आरती पुन, १९ वर्षीया रमिता बस्नेत, अनिता पुन, दिल बहादुर बुढा, कर्ण बहादुर खड्का र डम्बर बुढाथोकी रहेका छन् ।

आइतबार साँझ दाङ तुलसीपुरबाट सल्यान कपुरकोटको सिमपानी जाँदै गरेको रा १ ज ४३८ नम्बरको जिप राप्ती राजमार्ग अन्तरगत तुलसीपुर उपमहानगरपालिका –३ सिरखोला नजिक दुर्घटना भएको थियो ।सिट क्षमताभन्दा धेरै यात्रु राखेको जिप उकालोमा स्टार्ट बन्द भई ब्याक सर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । गाडी राप्ती राजमार्गबाट करिब २ सय मिटर तल खेतमा खसेको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  ८ : २० बजे