विराटनगर । बालक अपहरणमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको जहदा गाउँपालिकाबाट मंगलबार अपहरित बालकलाई सकुशल उद्धार गरिएको हो । अपहरणमा परेका १० वर्षीय धनीधर राजवंशीलाई प्रहरीले विराटनगर महानगरपालिका–१५ बाट उद्धार गरेको हो । उनी जहदा–१ का वडाध्यक्ष बाबुराम राजवंशीका छोरा हुन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार साथीहरूसँग खेल्न…