Logo

खेलकुद

आईपिएल : गुजरातलाई ६३ रनले पराजित गर्दै चेन्नईकाे लगातार दोस्रो जित



काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपिएल)मा चेन्नई सुपर किंगले दोस्रो जित दर्ता गरेको छ । गएराति भएको खेलमा गुजरात टाइटनलाई ६३ रनले पराजित गर्दै चेन्नईले लगातार दोस्रो जित निकालेको हो ।

गुजरात भने लगातार दोस्रो जित निकाल्न चुक्यो । आफ्नो दोस्रो खेलमा चेन्नईले दिएको २ सय ७ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रन मात्र बनाउन सक्यो । 

चेन्नईका लागि शिवम दुबेले अर्धशतक बनाए । उनले २३ बलमा ५ छक्काको मद्तमा ५१ रन जोडे। कप्तान रुतुराज गायकवाड र रचिन रविन्द्रको समान ४६–४६ रनको मद्दतमा चेन्नईले २०६ रन बनाएको हो ।

गुजरातका लागि रासिद खानले दुई विकेट लिए भने साई किशोर, स्पेन्सर जानसन र मोहित शर्माले समान एकएक विकेट हात पारे । चेन्नईले दिएको २०७ रनको लक्ष्य पछ्याएको गुजरातका लागि साई सुदर्शनले सर्वाधिक ३७ रन बनाए ।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  ७ : ०७ बजे