Logo

मुख्य समाचार

माओवादीले इलाम र बझाङमा आफ्नै उम्मेदवारी उठाउने



काठमाडौँ । माओवादी केन्द्रले इलाम २ र बझाङ १(१)मा उम्मेदवारी दिने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले उम्मेदवारी दिने निर्णय गरेको सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।

‘दुवै क्षेत्रमा पार्टीले उम्मेदवारी दिने निर्णय भएको छ । अन्य कुनै निर्णय भएको छैन’, उनले भने । इलाम २ बाट माओवादीले चार जनाको उम्मेदवार सिफारिस गरेर केन्द्रमा पठाइसकेको छ । बझाङमा प्रक्रिया अगाडि बढाएको छैन ।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  ११ : २४ बजे