काठमाडौं । मंगलबार बस्ने सत्ता गठबन्धनको बैठकले मन्त्रालय भागबण्डाको टुङ्गो लगाउने सहमति दलका नेताहरुका बिचमा भएको छ । सोमबार बिहान बसेको सत्तारुढ दलका नेताहरुको बैठकले मंगलबारका लागि बैठक बोलाउने सहमति जुटाएको थियो । प्रारम्भिक सहमतिअनुसार नेपाली कांग्रेसले अर्थ मन्त्रालयसहित बढिमा ८ वटा मन्त्रालय पाउनेछ । कांग्रेसले अर्थ मन्त्रालयको नेतृत्व गर्न पाउने करिब निश्चित भएको छ…