Logo

Breaking News 1

उपनिर्वाचनको उम्मेदवार तय गर्न राप्रपाको पदाधिकारी बैठक बस्दै



काठमाडौं । बैशाख १० गते हुने उपनिर्वाचनबारे छलफल गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीको पदाधिकारी बैठक बस्दैछ ।

आज दिउँसो १ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा पदाधिकारीको बैठक बस्न लागेको हो । बैठकमा मुख्यत:  तनहुँ १, चितवन २ र बारा २ मा हुन गइरहेको उपनिर्वाचनको उम्मेदवारलगायतका बिषयमा छलफल हुनेछ ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार केन्द्रीय समिति बैठक तयारीलगायत पार्टीका सांगठानिक र विविध विषयमा पनि पदाधिकारी बैठकमा छलफल हुनेछ ।

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार  ९ : ४५ बजे