Logo

मुख्य समाचार

राप्रपाले बोलायो पदाधिकारी बैठक, उपनिर्वाचनबारे छलफल हुने



काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पदाधिकारी बैठक बोलाएको छ । पार्टी कार्यालय धुम्बाराहीमा बस्ने गरी बैठक बोलाइएको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । बैठक आज दिउँसो २ बजे बस्नेछ ।

उनका अनुसार आजको बैठकमा आगामी वैशाख १० गते तनहुँ–१, चितवन–२ र बारा–२ मा हुने उपनिर्वाचनबारे छलफल हुनेछ । साथै केही समयपछि हुने पार्टीको केन्द्रीय समिति बैठकको तयारीलगायत पार्टीका साङ्गठनिक र विविध विषयमा पदाधिकारी बैठकमा छलफल हुने सो पार्टीले जनाएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार  १ : १३ बजे