Logo

मुख्य समाचार

कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक सर्‍यो



काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक सरेको छ । भोलि बिहान ९ बजे बस्ने भनिएको बैठक सरेको हो ।

कार्यसम्पादन समितिको आगामी बैठक १६ गते बिहीबार बिहान ११ बजे बस्ने भएको छ ।

सरकारमा सहभागी हुने औपचारिक निर्णय गरिसकेको कांग्रेसले मन्त्री कसलाई बनाउने भन्ने विषयमा आन्तरिक छलफल गरिरहेको छ । मंगलबार बेलुकासम्म मन्त्रिमण्डल विस्तार गर्ने प्रधानमन्त्रीको तयारी छ ।

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार  ८ : २६ बजे