Logo

मुख्य समाचार

को बन्ला अर्थमन्त्री ?



काठमाडौं । मंगलबार बस्ने सत्ता गठबन्धनको बैठकले मन्त्रालय भागबण्डाको टुङ्गो लगाउने सहमति दलका नेताहरुका बिचमा भएको छ ।

सोमबार बिहान बसेको सत्तारुढ दलका नेताहरुको बैठकले मंगलबारका लागि बैठक बोलाउने सहमति जुटाएको थियो । प्रारम्भिक सहमतिअनुसार नेपाली कांग्रेसले अर्थ मन्त्रालयसहित बढिमा ८ वटा मन्त्रालय पाउनेछ ।

कांग्रेसले अर्थ मन्त्रालयको नेतृत्व गर्न पाउने करिब निश्चित भएको छ । तर अर्थ मन्त्रालयमा कसलाई पठाउने भन्ने विषय भने नेपाली कांग्रेसभित्र पेचिलो बनेको छ । पार्टी प्रवक्ता समेत रहेका सांसद डाक्टर प्रकाशशरण महतलाई सभापति शेरबहादुर देउवाले अर्थ मन्त्रालयमा पठाउन खोजेका छन् । तर सभापति देउवा निकटकै नेताहरु भने महतलाई पठाउन नहुने अडानमा रहेका छन् ।

उपसभापति पुर्णबहादुर खड्का अर्थ मन्त्रीसहित सरकारमा कांग्रेसका तर्फबाट नेतृत्व गरेर जाने विषय चर्चामा आएको भएपनि सभापति देउवाले महतलाई रोज्ने संकेत गरेको कांग्रेस नेताहरु बताउँछन् । मुलुकको अर्थतन्त्र संकटोन्मुख रहेको र नेपालले लक्ष्यको निकै कम मात्रै वैदेशिक सहयोग पाएको अबस्था दातृ राष्ट्र र निकायलाई पनि कन्भिन्स गर्नसक्ने व्यक्तीलाई अर्थमन्त्री बनाउनुपर्ने मत कांग्रेसभित्र रहेको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार  १० : १८ बजे