Logo

ट्रकको ठक्करबाट कैलालीमा एक जनाको मृत्यु, स्थानीयद्वारा राजमार्ग अवरुद्व

काठमाडौं । कैलालीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । घोडाघोडी नगरपालिकामा लु१ख ४६६६ को ट्रकले सुपप्र ०१-००८ प ५४७५ को मोटरसाइकलाई ठक्कर दिँदा घोडाघोडी-१ बेलारका ५० वर्षीय बसन्तराज शर्माको मृत्यु भएको हो । स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्व बनाएका छन् । ट्रक चालक फरार रहेको र खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।