Logo

मुख्य समाचार

बञ्चरे डाँडा ल्याण्डफिलका लागि अधिकार सम्पन्न संयन्त्र बन्ने



काठमाडौं । सरकारले बञ्चरे डाँडा ल्याण्डफिल साइटको समस्या समाधान गर्न अधिकार सम्पन्न संयन्त्र बनाउने भएको छ ।

उपत्यकाको फोहोर तह लगाइने उक्त ठाउँमा बर्सेनि समस्या आउने गरेको छ । स्थानीयबासीले बारम्बार विभिन्न माग राखेर अवरोध गरिहँदा सरकारले उचित निकास पहिल्याउन सकेको छैन । 

संघीय संसद्को मंगलबार जारी संयुक्त बैठकमा सरकारको नीति कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले बञ्चरे डाँडाको समस्या समाधानका लागि अधिकार सम्पन्न संयन्त्र बनाउने  बताएका हुन ।

‘बञ्चरे डाँडा ल्याण्डफिल साइटको व्यवस्थापनका लागि प्रभावित क्षेत्रका सरोकारवाला समेतको सहभागितामा अधिकार सम्पन्न संयन्त्र स्थापना गरिने छ,’ राष्ट्रपति पौडेलले भने ।

फोहोर व्यवस्थापनमा समस्या आउन नदिन स्थानीयबासीसमेतको सहभागितामा संयन्त्र बनाउने नीति सरकारले लिएको घोषणा नीति तथा कार्यक्रममार्फत गरिएको हो । 

प्रकाशित मिति : १ जेष्ठ २०८१, मंगलबार  ४ : ५४ बजे