Logo

मुख्य समाचार

एक हजार युवालाई फेलोसिप दिने घोषणा



काठमाडौं । सरकारले आगामी वर्ष विभिन्न विषय क्षेत्रका एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने भएको छ ।

मंगलबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत सरकारले युवा जनशक्तिको क्षमता अभिवृद्धि गरिने बताएका हुन् ।

‘विभिन्न विषय क्षेत्रका एक हजार प्रतिभावान युवालाई फेलोसिप उपलब्ध गराउने व्यवस्था मिलाइने छ । युवालाई फेलोसिप प्रदान गराउन निजी क्षेत्रलाई परिचालन गरिने छ,’ पौडेलले भने ।

यस्तै सरकारले युवा जनशक्ति परिचालन र क्षमता अभिवृद्धि गर्न ‘राष्ट्र निर्माणमा युवा स्वयंसेवी’ कार्यक्रम सञ्चालन गर्ने समेत नीति कार्यक्रममा उल्लेख गरेको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०८१, मंगलबार  ५ : ०९ बजे