काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमीर पुटनका सबैभन्दा कडा आलोचक एलेक्सी नाभाल्नीको अन्त्यष्टि गरिएको छ । १६ फेब्रुअरीमा जेलमै मृत्यु भएका नाभाल्नीको अन्त्यष्टि ढिला गरी शुक्रबार भएको हो । उनको अन्त्यष्टिमा उपस्थित भएर नारावाजी नगर्न मस्को प्रशासनले चेतावनी नै दिएको थियो । तर, नाभाल्नीका धेरै समर्थकहरु गिरफ्तारीमा पर्ने डरका बीचमा पनि अन्त्यष्टिका लागि सहभागी भएका थिए…