Logo

मुख्य समाचार

तारकेश्वरका १२ हजार बालबालिकालाई खोप लगाइने


११ जेष्ठ २०८१, शुक्रबार  

46
Shares

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकाका १२ हजार बालबालिकालाई पोलियो विरुद्ध आईपीभी खोप लगाईने भएको छ ।

तारकेश्वर नगरपालिकाले दिएको जानकारी अनुसार नगरपालिकाभित्रका ११ वटै वडाका ५५ केन्द्रमा खोप कार्यक्रम सञ्चालन हुनेछ ।

खोपका लागि आवश्यक जनशक्ति, उनीहरूलाई तालिम तथा अभिमुखीकरण, स्वयंसेवकका परिचालनलगायत सम्पूर्ण तयारी पूरा भएको छ ।

कोरोना महामारीका कारण २०७३ वैशाखदेखि २०७५ असोजभित्र जन्मिएका बालबालिकालाई यो खोप लगाउन नसकिएकाले तिनै बालबालिकालाई लक्ष्य गरी खोप कार्यक्रम सञ्चालन हुन लागेको हो ।

प्रकाशित मिति : ११ जेष्ठ २०८१, शुक्रबार  ८ : ४९ बजे