Logo

Breaking News 1

राजदूत नियुक्तिमा थप व्यवस्था गछौं : मन्त्री श्रेष्ठ



काठमाडौं । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सार्वभौमिक समानता, पारस्परिक लाभ, र सम्मानका आधारमा बाह्य सम्बन्ध सुधार गर्दै समग्र राष्ट्रको हित गर्ने नेपालको परराष्ट्र नीतिको लक्ष्य रहेको बताएका छन् । 

बिहीबार नेपाल परराष्ट्र सेवा दिवस २०८१ को अवसरमा राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले नेपालको स्वतन्त्रता, सार्वभौम सत्ता, भौगोलिक अखण्डता, स्वाधीनता, राष्ट्रिय सुरक्षा र एकतालाई गम्भीरता साथ हेर्दै समुन्नत, शान्तिपूणर् र प्रतिष्ठित राष्ट्र निर्माणको परराष्ट्र नीतिको दुरदृष्टि रहेको बताएका हुन् । 

उनले भने, ‘नेपालको स्वतन्त्रता, सार्वभौम सत्ता, भौगोलिक अखण्डता, स्वाधीनता, राष्ट्रिय सुरक्षा र एकतालाई गम्भीरतासाथ हेर्दै सबल, समुन्नत, शान्तिपूणर् र प्रतिष्ठित राष्ट्र निर्माणको दुरदृष्टि तथा स्वतन्त्रता सन्तुलित राख्दै परराष्ट्र नीतिको सञ्चालनबाट सार्वभौमिक समानता, पारस्परिक लाभ, र सम्मानका आधारमा बाह्य सम्बन्ध सुधार गर्दै समग्र राष्ट्रको हितको निम्ति नेपालको परराष्ट्र नीतिको लक्ष्य रहेको छ ।’

मन्त्री श्रेष्ठले परराष्ट्र सेवामा नेपालले गरेको लगानीको यथोचित प्रतिफल लिन तथा व्यवसायिकताको कदर गर्न राजदूत नियुक्तिमा परराष्ट्र सेवाबाट अधिकतम संख्या रहने गरि थप व्यवस्था गर्दै लैजाने प्रतिवद्धता जनाए । 

राष्ट्रहितको प्रवर्द्धन, दिगो विकासको लक्ष्य प्राप्ति, जलवायु परिवर्तनका असर न्यूनिकरण, महामारी, आतंकवाद तथा साइबर अपराध नियन्त्रण, सुरक्षित अप्रवासन, र अधिकार प्राप्ति परराष्ट्र मन्त्रालयको उच्च प्राथमिकतामा रहेको उनको भनाइ छ । 

उनले भने, ‘नेपालले छिमेकी लगायत सबै मुलुकसँग सार्वभौमिक समानता, पारस्परिक लाभ र सम्मानका आधारमा द्विपक्षीय सम्बन्ध विस्तार र समृद्ध गर्नु, अन्तर्राष्ट्रिय तथा क्षेत्रमा नेपालको पहिचान, सक्रिय उपस्थिति र नेतृत्व अभिवृद्धि गरि राष्ट्रहितको प्रवर्द्धन, दिगो विकासको लक्ष्य प्राप्ति, जलवायु परिवर्तनका असर न्यूनिकरण, महामारी, आतंकवाद तथा साइबर अपराध नियन्त्रण, सुरक्षित अप्रवासन, र अधिकार प्राप्तिका नेतृत्व भूमिकामा परराष्ट्र मन्त्रालयले उच्च प्राथमिकता दिएको छ ।‘

नेपालको परराष्ट्र नीतिलाई ‘परराष्ट्र सेवा दिवसले  अझै मजबुत बनाउँदै लैजाने विश्वास समेत मन्त्री श्रेष्ठले व्यक्त गरे ।

प्रकाशित मिति : १० जेष्ठ २०८१, बिहिबार  ६ : ५१ बजे