काठमाडौं । नेपालस्थित अमेरिकी दूतावास, नेपाल पर्यटन बोर्ड र सेभेन समिट ट्रेक्सको साझेदारीमा आयोजित ‘एसेन्ट समिट २०२६’ आज काठमाडौंमा हुँदैछ । ठमेलस्थित एलोफ्ट काठमाडौंमा आयोजना हुने एकदिने समिटले सगरमाथा तथा पर्वतारोहण क्षेत्रको वर्तमान अवस्था, चुनौती र भविष्यका सम्भावनाबारे गहन छलफल गर्ने आयोजकले जनाएको छ ।समिटमा पर्वतारोही, अभियान नेता, गाइड, उद्धारकर्मी, साहसिक खेलाडी, नवप्रवर्तक, पर्यटन व्यवसायी, पत्रकार…