काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ६० पैसा र बिक्रीदर १५३ रुपैयाँ २० पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ०७ पैसा र बिक्रीदर १७४ रुपैयाँ ७६ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ ६५ पैसा र बिक्रीदर २०४ रुपैयाँ ४५ पैसा, स्विस फ्रयांक एकको खरिददर १८८ रुपैयाँ ८५ पैसा र बिक्रीदर १८९ रुपैयाँ ५९ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ६० पैसा र बिक्रीदर १०६ रुपैयाँ ०१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ७८ पैसा र बिक्रीदर १०८ रुपैयाँ २० पैसा, सिंगापुर डलर एकको खरिददर ११७ रुपैयाँ ९२ पैसा र बिक्रीदर ११८ रुपैयाँ ३९ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ३९ पैसा र बिक्रीदर नौ रुपैयाँ ४३ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ४४ पैसा र बिक्रीदर २२ रुपैयाँ ५३ पैसा तोकिएको छ ।
साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ६४ पैसा र बिक्रीदर ४० रुपैयाँ ८० पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ८६ पैसा र बिक्रीदर ४२ रुपैयाँ ०२ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५६ पैसा र बिक्रीदर चार रुपैयाँ ५८ पैसा, यूएई दिराम एकको खरिददर ४१ रुपैयाँ ५५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७१ पैसा, मलेसियन रिंगेट एकको खरिददर ३७ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५८ पैसा तोकिएको छ ।
साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ११ पैसा र बिक्रीदर १० रुपैयाँ १५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ७२ पैसा र बिक्रीदर १५ रुपैयाँ ७९ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ २९ पैसा र बिक्रीदर २३ रुपैयाँ ३८ पैसा निर्धारण गरिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४७ पैसा र बिक्रीदर १९ रुपैयाँ ५४ पैसा, कुवेती दिनार एकको खरिददर ४९५ रुपैयाँ ८६ पैसा र बिक्रीदर ४९७ रुपैयाँ ८१ पैसा तोकेको छ ।
बहराइन दिनार एकको खरिददर ४०४ रुपैयाँ ७२ पैसा र बिक्रीदर ४०६ रुपैयाँ ३१ पैसा, ओमनी रियाल एकको खरिददर ३९६ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३९७ रुपैयाँ ८९ पैसा रहेको छ ।








प्रतिक्रिया