लहान । सिरहाको लहान नगरपालिका–२३ करैयामा नगर स्तरीय योजनाअन्तर्गत निर्माण सम्पन्न भएको सडक ढलानले स्थानीयवासीको दैनिकीमा उल्लेखनीय सुधार ल्याएको छ । नवनिर्मित सडकको अनुगमन गर्न नगर प्रमुख महेश चौधरीसहित जनप्रतिनिधि र स्थानीयवासीहरू स्थलगत रूपमा पुगेका थिए । अनुगमन टोलीमा वडा अध्यक्ष बद्री यादव, कार्यपालिका सदस्य तेजनारायण ठाकुर लगायतको उपस्थिति रहेको थियो । उनीहरूले सडक निर्माणको…