काठमाडौं । प्रधानन्त्री पुष्पकमल दाहालले सरकारी र निजी संस्थाले उपलब्ध गराउने नर्सहरूको सेवा–सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्ने बताएका छन् । चौधौँ राष्ट्रिय नर्सिङ सम्मेलनलाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नर्सहरूको सेवा–सुविधा सन्तोषजनक बनाउने बताएका हुन् । ‘नर्सहरूको सेवा–सुविधामा एकरूपता छैन, निजी अस्पताल, निजी नर्सिङ कलेज, नर्सिङ होमहरूमा सरकारको न्यूनतम पारिश्रमिकसरह सेवा सुविधाको सुनिश्चिता हुनुपर्छ,’…