Logo

मुख्य समाचार

बत्तीसपुतलीमा सम्साँझै छुरा प्रहार गरी युवकको हत्या, चार जना पक्राउ



काठमाडौं । काठमाडौंको बत्तीसपुतलीमा शनिवार सम्साँझै बीच सडकमा छुरा प्रहार गरी एक युवकको हत्या भएको छ । प्रहरीका अनुसार घटनामा मोरङ घर भइ हाल गौशाला बस्दै आएका २४ वर्षीय शम्भु धिमालको ज्यान गएको छ ।

शनिवार साँझ करिब ७ : ५० बजे बत्तीसपुतलीको बीच सडकमै धिमालमाथि तीन/चार जनाको समूहले धारिलो हतियार प्रहार गरेको थियो । घटनामा घाइते भएका धिमाललाई प्रहरीले तत्कालै उद्धार गरी सिनामंगलस्थित केएमसी अस्पताल पु¥याएको थियो ।

छाती र ढाडमा गहिरो चोट लागेका धिमालको उपचारको क्रममा बेलुकी ८:४० बजे अस्पतालमै निधन भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले जानकारी दिए ।

घटनामा संलग्न भएको आशंकामा चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ, एसएसपी मैनालीले भने, अहिले हत्यामा उनीहरुको संलग्नताको विषय पुष्टि भइसकेको छैन । नाम खुलाउन मिल्दैन ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  ८ : ३४ बजे