विराटनगर । मोरङको छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनमा दुईजनाको मृत्यु भएको छ । ग्रामथान र बुढीगंगा गाउँपालिकामा भएका दुर्घटनामा बुधबार साँझ दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्राफिक प्रहरी कार्यालयका अनुसार कटहरीबाट झोराहाटतर्फ आउँदै गरेको मे १ त ७०५९ नम्बरको ट्याक्टरले ठक्कर दिँदा ग्रामथान–२ घर भएका २० वर्षीय उपेश सरदारको मृत्यु भएको हो ।…