काठमाडौं। माघेसंक्रान्ति नजिकिँदै जाँदा उपत्यकाको प्रमुख तरकारी बजार कालीमाटी मा तरुल तथा कन्दमूल किन्ने उपभोक्ताको चहलपहल बढेको छ । पर्वलाई लक्षित गर्दै विभिन्न किसिमका तरुलहरू कालीमाटी तरकारी बजारमा किनबेच भइरहेका छन् ।हाल बजारमा पाँचऔँले, सिँगाने पिँडालु, दूधेपिँडालु, घरतरुल, वनतरुल, सिमलतरुल, पानीतरुल, हात्तीपाइले, पातले, आकासे तरुल, नेपाली तरुल र रातो तरुल लगायतका कन्दमूलको व्यापार बढेको छ…