काठमाडौं । टीकापुर घटनामा तीनै तहको अदालतबाट दोषी ठहर भएका रेशम चौधरीको आम माफीविरुद्ध सर्वोच्च अदालतले सरकारसँग लिखित जवाफ मागेको छ । गणतन्त्र दिवसको अवसर पारेर सरकारले आममाफी दिने निर्णय गरेपछि चौधरी रिहा भइसकेका छन् । चौधरीलाई आम माफी दिने निर्णयविरुद्ध टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायतले सर्वोच्चमा रिट दर्ता गरेकी…