Logo

Breaking News 1

रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयबारे सर्वोच्चले माग्यो लिखित जवाफ



काठमाडौं । टीकापुर घटनामा तीनै तहको अदालतबाट दोषी ठहर भएका रेशम चौधरीको आम माफीविरुद्ध सर्वोच्च अदालतले सरकारसँग लिखित जवाफ मागेको छ ।

गणतन्त्र दिवसको अवसर पारेर सरकारले आममाफी दिने निर्णय गरेपछि चौधरी रिहा भइसकेका छन् । चौधरीलाई आम माफी दिने निर्णयविरुद्ध टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायतले सर्वोच्चमा रिट दर्ता गरेकी थिईन् ।

कडायतको रिटमा सुनुवाई गर्दै सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले सरकारसँग लिखित जवाफ मागेको हो ।

प्रकाशित मिति : २३ जेष्ठ २०८०, मंगलबार  ९ : ३४ बजे