Logo

Breaking News 1

सुनकोशी नदीमा बेपत्ता भएका सीटीईभीटीका दुईजना कर्मचारीको शव र गाडी फेला



काठमाडाैं । सुनकोशी नदीमा बेपत्ता भएका सीटीईभीटीका दुईजना कर्मचारीको शव फेला परेको छ । आज सुनकोशी नदीबाट गाडी र दुई जनाको शव बाहिर निकालेको सशस्त्र प्रहरी बलले जनाएकाे छ । शवसँगै गाडी पनि निकालेको छ ।

दुवै शवको सनाखत गर्न भने बाँकी रहेको छ । गत शुक्रबार बिहान साढे ११ बजे सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ लौकुनस्थित सुनकोशी नदीमा बा १ झ ७४६७ नम्बरको गाडी खसेको थियो ।

प्रकाशित मिति : २३ जेष्ठ २०८०, मंगलबार  ७ : ३१ बजे