जाजरकोट । भूकम्पबाट जाजरकोटवासी ठूलो पीडामा छन् । त्रिपालको सहारामा रात कटाउँदै आएका पीडितलाई गास र बासकै चिन्ता छ । भूकम्पले घरसँगै खाद्यान्न र कत्ताकपडा पुरिएका छन् । अधिकांश पीडितसँग एकसारो कपडाको भरमा छन् । पीडाको आहालमा डुबेका पीडितलाई खाद्यान्नसँगै लत्ताकपडाको ठूलो खाँचो छ । सहयोगी निकायले दिएको केही थान चामल र त्रिपाल मात्र पाएका छन्…