Logo

Breaking News 1

इजरायलले युद्धविराम र बन्धक आदानप्रदानको प्रयासलाई तोडेको हमासको आरोप



काठमाडौं । हमास प्रमुख इस्माइल हानियाले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजामा युद्धविराम र बन्धक आदानप्रदानको उद्देश्यले वार्तामा संलग्न मध्यस्थकर्ताहरूको प्रयासलाई तोडफोड गरेको आरोप लगाएका छन् । कतारमा बस्दै आएका हानियाले नेता न्याहुले द्वन्द्वको चक्रलाई विस्तार गर्न र विभिन्न मध्यस्थकर्ता र पक्षहरूमार्फत गरिएका प्रयासहरूलाई विफल पार्न चाहेको बताएका हुन् ।

गाजामा विगत सात महिनादेखि जारी घातक युद्ध अन्त्य गर्न कतार, इजिप्ट र संयुक्त राज्य अमेरिकाका मध्यस्थकर्ताहरूले शनिबार कायरोमा हमासको प्रतिनिधिमण्डललाई भेटेका थिए । वार्ताको नजिक रहेको हमासको एक वरिष्ठ स्रोतले समाचार एजेन्सी एएफपीलाई आइतबार नयाँ चरणको वार्ता सुरु हुने बताएको छ । वार्ताकारहरूले सुरुमा ४० दिनको युद्धविराम र युद्ध रोक्न प्यालेस्टिनी कैदीहरू र इजरायली बन्धकहरूको आदानप्रदानको प्रस्ताव गरेका थिए ।

हमासले गम्भीरता र सकारात्मकताका साथ वार्ता गरेको हानियाले बताए । तर द्वन्द्व अन्त्य नभए सहमतिको औचित्य के हो भन्ने प्रश्न गरे । यसअघि नेतान्याहुले हमासको युद्ध अन्त्य गर्ने मागलाई अस्वीकार गरेका थिए । हानिएहले भने, इजरायलले हमासका सदस्यहरू आफ्ना बंकरहरूबाट बाहिर निस्किएर गाजाको नियन्त्रण फिर्ता लिने र आफ्नो शैैन्य पूर्वाधारको पुनर्निर्माण गर्ने र इजरायली नागरिकहरूलाई फर्कन आग्रह गर्ने अवस्था स्वीकार गर्न तयार छैन । इजिप्ट, कतार र अमेरिकाले महिनौंदेखि इजरायल र हमासबीच सम्झौता गराउने प्रयास गरिरहेका छन् ।

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  ९ : ३६ बजे