Logo

Breaking News 1

ब्राजिलमा बाढीका कारण ५५ को मृत्यु, ७४ जना बेपत्ता, दुई सयभन्दा बढी सहर प्रभावित



काठमाडौं । ब्राजिलमा बाढीका कारण ५५ जनाको मृत्यु भएको छ । ७४ जना बेपत्ता छन् । त्यहाँको प्रशासनले दक्षिणी क्षेत्रमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको जनाएको छ ।

बीबीसीका अनुसार ब्राजिलमा शनिबार आएको आँधीपछि २५ हजारभन्दा बढी मानिस घर छाड्न बाध्य भएका छन् । निरन्तर वर्षाको सम्भावनाबीच अझै करिब ५ लाख मानिसहरू स्वच्छ पानी र बिजुलीको सुविधाविहीन बनेका छन् ।

बाढीका कारण त्यहाँका दुई सयभन्दा बढी सहरहरु प्रभावित भएका छन् । हावाहुरीका कारण धेरै सडकमा पनि क्षति पुगेको छ ।

बेन्टो गोन्काल्भ्सको बाँध नजिकैको पहिरोमा परी ३० जनाको ज्यान गएको छ । अन्य बाँधहरुमा पनि क्षतिको सम्भावना रहेको प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  ८ : १३ बजे