Logo

Breaking News 1

सन्दीप लमिछानेको मुद्दामा आज उच्च अदालतमा पेसी



काठमाडाैं । क्रिकेटर सन्दीप लमिछानेको मुद्दामा आज उच्च अदालतमा पेसी तोकिएको छ । पटकपटक पेसी तोकिएर पनि हेर्न नभ्याइने सूचीमा पर्दै आएको उनको मुद्दा आज पहिलो नम्बरमै राखेर सुनुवाइ गर्ने तयारी गरिएको छ ।

बिहान साढे १० बजेपछि मात्रै उनको मुद्दा कुन इजलासमा परेको भन्ने थाहा हुने र त्यसपछि सुनुवाइ सुरु हुने छ । बलात्कारको अभियोगमा जिल्ला अदालतबाट सजाय पाएका सन्दीप फैसला पुनरावलोकनका लागि उच्च अदालत पाटन पुगेका हुन् ।

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  ८ : ४० बजे