वीरगन्ज । काठमाडौंमा जेन–जी आन्दोलनका क्रममा प्रहरीको गोली लागी ज्यान गुमाएका वीरगन्ज–१२ मुर्लीका २२ वर्षीय असहाब आलमलाई शनिबार विहान भावपूर्ण वातावरणमा अन्त्येष्टि गरिएको छ । शुक्रबार राति काठमाडौंबाट घर ल्याइएको आलमको शवलाई बिहान जनाजा(शवयात्रा) सहित मुर्ली पोखरी नजिकको मुस्लिम कब्रिस्तानमा मुस्लिम परम्पराअनुसार दाहसंस्कार गरिएको हो । अन्त्येष्टि कार्यक्रममा हजारौँ स्थानीयवासी, जेन–जी आन्दोलनका युवा प्रतिनिधि, मुस्लिम…