Logo

Breaking News 1

बर्डफ्लु संक्रमण नियन्त्रणमा आउन थाल्याे, साउन १ गतेदेखि बर्डफ्लुको संक्रमण देखिएको छैन : विभाग



चितवन । काठमाडौँलगायतका विभिन्न ठाउँमा देखिएको बर्डफ्लु संक्रमण नियन्त्रणमा आउन थालेको छ । पशु सेवा विभागले यही साउन १ गतेदेखि बर्डफ्लुको सङ्क्रमण नदेखिएको जनाएकाे छ ।

पछिल्लो पटक काठमाडौंको गोकणेश्वर–१ सुन्दरीजलमा सङ्क्रमण देखिएको थियो । विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार पछिल्लो समय सङ्क्रमण देखिएको छैन । संक्रमण भएका वरपरका क्षेत्रबाट नमुना ल्याएर परीक्षणको काम भइरहेको छ ।

काठमाडौं उपत्यका बाहेकका सात जिल्लामा रोग पूर्ण रुपमा नियन्त्रणमा आइसकेको उनले बताए। काठमाडौँ उपत्यका र काभ्रे जिल्लामा मात्र ११९ स्थानमा रोग पुष्टि भएको छ । काठमाडौँ उपत्यकामा मात्र ९२ स्थानमा सङ्क्रमण देखिएको थियो ।

प्रकाशित मिति : ७ श्रावण २०८३, बिहिबार  ८ : ४१ बजे